आज:  | Sat, 24, Oct, 2020

ललितपुर महानगरपालिकाको एक्शन: हराभरा महानगर हुने

२०७७, १२ आश्विन सोमबार २३:५६ मा प्रकाशित ( ३ हफ्ता अघि) ७१४ पाठक संख्या

ललितपुर महानगरपालिकाले नगर क्षेत्रलाई सफा सुन्दर बनाउनको लागी केही दिनदेखी अभियान नै संचालन गरेको छ । ललितपुर महानगरपालिका क्षेत्रको झम्सिखेलमा रहेका होटल, रेष्टुरेन्टहरुमा रहेको मदिराका बिभिन्न विज्ञापनका बोर्ड हटाउने कार्य गरेको छ।
महानगरलाई सफा, हराभरा र स्वस्थ बनाउनका लागी बिभिन्न मदिराका बोर्डहरु हटाउने अभियान शुरु गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए। उनी हालसालै मात्र नगर प्रहरी प्रमुखमा नियूतिm भएका हुन ।
झम्सिखेल क्षेत्रका सबै होटल, रेष्टुरेन्टहरुमा बिभिन्न मदिराका होडिङ बोर्ड राखिँदै आएको थियो। ललितपुर महानगरले यसअघि कुपन्डोलदेखि कुमारीपाटीसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरीसकेको छ ।
यसअघि नै पैदल यात्रुलाई फुटपाथमा हिँड्न दिउँ अभियान शुरु गर्दै महानगरले कुपन्डोलदेखि कुमारीपाटीसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरेको हो।

खबर एक्सप्रेस