आज:  | Sat, 24, Oct, 2020

कोरोना अपडेट

२०७७, १४ आश्विन बुधबार ००:३७ मा प्रकाशित ( ३ हफ्ता अघि) ३०७० पाठक संख्या

काठमाडौं, असोज १३ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ९३४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ९३४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुष तथा भक्तपुरमा २८ महिला र ४५ पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकाका तीन जिल्ला सम्मिलित वागमती प्रदेशका ११ जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार २८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा देशभरि एक हजार ५१३ जना नयाँ सङ्क्रमित थपिएकोमा दुई तिहाइ वागतमी प्रदेशका छन् । 

काठमाडौं उपत्यकाबाहेक चितवनमा सबैभन्दा बढी ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । काभ्रेप्लाञ्चोकमा १३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

खबर एक्सप्रेस