आज:  | Sat, 24, Oct, 2020

कर्मनासा खोलामा सञ्चालित आयोजनाको शिलान्यास

२०७७, १४ आश्विन बुधबार १७:२५ मा प्रकाशित ( ३ हफ्ता अघि) ५२८ पाठक संख्या

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा कर्मनासा खोलामा सञ्चालित आयोजनाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सासद पक्फा भुसालले गरेकी थिईन्। ललितपुर महानगरपालिका २८ वडाका वडाध्यक्ष राजेश महर्जनको सभापतित्वमा सम्पन्न कार्यकममा उक्त आयोजनाका साइट ईन्जिनियर सचिदानन्द पोखरेलले निर्माण आयोजनाको बारेमा जानकारी गराएका थियो । ललितपुर महानगरपालिका २३ वडाका वडाध्यक्ष भुयुकाजी महर्जनले प्रतिवद्धता सहितको मन्तव्य राखेका थियो । बाग्मती आयोजनाका प्रमुख नवराज प्याकुरेलले आयोजना बारे जानकारी गराएका थिए । कार्यक्रममा ललितपुर प्रदेश सभासद राजकाजी महर्जन, निर्माण व्यवसायी, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

खबर एक्सप्रेस