आज:  | Mon, 15, Apr, 2024

मोबाइल चार्जमा राखेर भिडियो हेर्दै गर्दा करेन्ट लागेर मृत्यु

२०७७, १५ आश्विन बिहीबार २३:२८ मा प्रकाशित ( ३ साल अघि) १०३२४ पाठक संख्या

दाड.,आश्विन १५ गते,
रोल्पाको घोडागाउँमा मोबाइल चार्जमा राखेर भिडियो हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको हो।
नेपालीले बिहीबार बिहान ११ बजेतिर मोबाइल चार्जमा राखेर भिडियो हेर्दै गर्दा करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर भएका उनलाई उपचारका लागि प्यूठान जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर एक्सप्रेस