आज:  | Thu, 18, Apr, 2024

बिकट ठाउँमा जन्मिएका सिनेकर्मी पुष्कर भट्ट कियाको अन्तर्राष्ट्रिय ब्राण्ड एम्बेसडरमा नियुक्त

२०७७, १६ आश्विन शुक्रबार २३:२० मा प्रकाशित ( ३ साल अघि) ९८५९ पाठक संख्या

काठमाडौं, आश्विन १६ गते,
क्यानाडा । विश्वको महंगो कार कम्पनी मध्येको एक किया कार कम्पनीको क्यानाडामा रहेका नेपाली सिनेकर्मी पुष्कर भट्टलाई लङ्ग म्यान्स किया कारको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । बिगत ५ बर्ष देखि क्यानाडा बस्दै आएका भट्टले बिभिन्न एक सयभन्दा बढी नेपाली चलचित्रमा अभिनेताको रूपमा भुमिका निर्वाह गरेका छ्न । कलाकार पुष्कर भट्ट बिकट ठाउँमा जन्मिएर अहिले अन्तर्राष्ट्रिय रूपमा आफू र नेपाललाई चिनाउन सफल भएका छ्न । अन्तर्राष्ट्रिय रुपमै कार कम्पनीको ब्राण्ड एम्बेसडर जिम्मेवारी पाउने उनी पहिलो नेपाली हुन् ।
उनले ब्राण्ड एम्बेसडर भएर लङ्ग म्यान्स कियाको प्रचारप्रसार गरेबापत महंगो रुपैयाँ लिन सफल भएको कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय रूपमा पहिलो पल्ट किया मोटर कम्पनीले ब्राण्ड एम्बेसडरमा नियुक्ती गर्नु भट्ट पहिलो हुन् ।

 

 

खबर एक्सप्रेस