आज:  | Mon, 26, Feb, 2024

प्रदेश राजधानी सार्ने प्रस्तावको विरोधमा कांग्रेस आन्दोलिन

२०७७, १६ आश्विन शुक्रबार २३:३८ मा प्रकाशित ( ३ साल अघि) १०३५५ पाठक संख्या

बुटवल, आश्विन १६ गते,
प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश गरेकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन शुरु गरेको छ ।
उक्त प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गर्दै कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरेका छन् ।

खबर एक्सप्रेस