आज:  | Sat, 31, Oct, 2020

बझाङमा आज जहाज पुग्दा नागरिकको जात्रा

२०७७, १७ आश्विन शनिबार २१:०० मा प्रकाशित ( ३ हफ्ता अघि) १२१० पाठक संख्या

विगत २५ वर्षदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थल कालोपत्रपछि परीक्षण उडान भएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडान सुरु गरेका हुन ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट मन्त्री भट्टराईले समिट एयरबाट डोटी, बझाङ र बैतडीको पाटन विमानस्थलको परीक्षण उडान गरेका हुन । परीक्षण उडानपछि कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा हप्तामा दुईदिन नियमित उडान हुने बताए।

वर्षौदेखि बन्द रहेको देवल विमानस्थलको पुनःनिर्माण काम सकिएसँगै आज परीक्षण उडान भएको हो । २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो । २० मिटर चौडाई र ५८० मिटर लम्बाई रहेको विमानस्थल तीनवर्षअघि देखि पुनःनिर्माणको काम सुरु भएको थियो । विमानस्थल कालोपत्र ११ करोड खर्च भएको छ ।

वर्षौपछि जहान पुग्दा बझाङवासी हर्षित भएका छन्। जहाज हेर्न नागरिकको ठुलो भिड नै लागेको थियो ।

सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ। यो सेवाबाट जनताले सुबिधा पाउने स्थानिय नागरिकहरुले बताएका छन् ।

 

 

खबर एक्सप्रेस