आज:  | Fri, 22, Mar, 2024

मुन्द्रेको कमेडी क्लबको अध्यक्षमा करिश्मा

२०७७, १८ आश्विन आईतवार १३:३० मा प्रकाशित ( ३ साल अघि) १६४०० पाठक संख्या

कलाकार जीतु नेपालको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरी संचालनमा आउदै छ । कोरोनाका कारण गएको वैशाखबाट बन्द भएको शो आउने दशैं अगाडीबाट प्रसारण हुने बताईएको छ । यो शोको पहिलो सिजनमा निर्देशक तथा कलाकार दीपाश्री निरौला अध्यक्ष थिईन्। तर केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिए पछि कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा दिपाश्रीलाई हटाईएको स्रोतको दाबी छ । अब दोस्रो सिजनमा अध्यक्षको रुपमा नेपाली फिल्म क्षेत्र कि सदाबहार नायिका करिश्मा मानन्धर रहने छिन्।

खबर एक्सप्रेस