आज:  | Sat, 20, Apr, 2024

पानस वोष्टन च्याप्टरको अध्यक्षमा रञ्जन थापा मनोनित

२०७७, १९ आश्विन सोमबार ०९:४० मा प्रकाशित ( ३ साल अघि) २२७८६ पाठक संख्या

प्रवासी नेपाल एकता समाज (पानस) अमेरिका, वोष्टन च्याप्टरको अध्यक्षमा युवा व्यवसायी रञ्जन थापा मनोनित भएका छन । आज वसेको प्रवासी नेपाली एकता समाज अमेरिकाको कार्यकारिणीको भर्चुअल वैठकले सो निर्णय गरेको हो,वोष्टन च्याप्टरको पहिलो अध्यक्षको कार्यभारमा रहेका राजेन्द्र शेरचन पानस अमेरिकाको अध्यक्ष नियुक्ति भएपछि पानस वोष्टनको अध्यक्ष पद रिक्त रहेको थियो।

मकवानपुर हेटौडा स्थाई घर भई बिगत १५ बर्ष देखि बोस्टनलाई कर्मथलो वनाई परिवारको साथ अमेरिका बसोबास गर्दै आएका रञ्जन थापाले वोस्टनका प्राय: सवै  सामाजिक संघ संगठनहरुमा भरोसायोग्य काम गर्दै आएका छन।ग्रेटर वोस्टन नेपाली समाजमा कार्यकारी सदस्य,वोस्टन सप्ताह-२०१७ मा कोष व्यवस्थापन,पशुपतिनाथ बौद्ध फाउन्डेसन अफ नुइङ्ग्लन्द र गैर आवासिय नेपाली संघ म्यसचुसॆत च्याप्टरको सचिव समेत रही नेपाली समाजलाई वहुमुल्य योगदान पुर्याएका छन । उनी नेपाली समाजले अत्यन्तै रुचाएको र भरोसा गरेको युवा व्यवसायी हुन् ।उनको सफल कार्यकालको लागि राप्रपा प्रवास विभागको तर्फवाट राप्रपा  केन्द्रीय सदस्य विजय खडकाले वधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन।

खबर एक्सप्रेस