आज:  | Thu, 28, Mar, 2024

सकृय हुँदै पानस : एनआरएनएको आउने निर्वाचनमा प्रभावकारी भुमिका खेल्ने

२०७७, १९ आश्विन सोमबार १०:०३ मा प्रकाशित ( ३ साल अघि) १८८१८ पाठक संख्या

आगामी वर्ष हुने एनआरएनएको निर्वाचनमा प्रभावकारी भुमिका निभाउन राप्रपा प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले मेम्वरसिप ड्राइभ गर्ने भएको छ । अमेरिकामा राजावादी हिन्दुवादि राष्ट्रवादीहरूको वलियो उपस्थिति रहेको निष्कर्ष निकाल्दै अर्को वर्ष हुने एनआरएनएको निर्वाचनमा सक्रिय सहभागीताको लागि दुईहजार भन्दा वढि सद्स्य वनाउने पानस अमेरिकाको कार्यसमितिको भर्चुअल वैठकबाट सो निर्णय गरेको छ । सदस्यताको लागि पानसको सवै च्याप्टर सक्रिय गराईने समेत निर्णय गरिएको छ । राप्रपाको एकताले प्रवासमा भएका सम्पुर्ण राष्ट्रवादीलाई उर्जा मिलेको ठहर गर्दै राप्रपाको आगामी महाधिवेशनमा सक्रियताका साथ भाग लिनको लागि सक्रिय सदस्यता संख्या वढाउने समेत निर्णय गरेको छ । नेपालमा दिनदुखी, विरामी, असक्तहरूलाई प्रवास विभागको सिफारिस अनुसार निरन्तर सहयोग गरिने पनि वैठकले निर्णय गरेकोछ । वैठकले रिक्त रहेको वोष्टन च्याप्टरको अध्यक्षमा रञ्जन थापालाई  नियुक्ति गरेको छ।

प्रवासी नेपाली एकता समाज पानस अमेरिकाको पदाधिकारी तथा सल्लाहकारहरू सहभागी भएको भर्चुअल वैठकले सो निर्णय गरेको हो । राजेन्द्र शेरचनको अध्यक्षतामा वसेको वैठकमा सल्लाहकारहरू राप्रपा केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठ, प्रेम चौलागाईं, लोक तिवारी, पानसका उपाध्यक्षहरू दिपु भुसाल, नरेन्द्र शाह, राधा शर्मा, महासचिव नवराज खड्का, सचीव नरेन्द्र रावल, कोषाध्यक्ष रामशरण श्रेष्ठ, च्याप्टर अध्यक्षहरु न्युयोर्कका रुद्र राउत, बाल्टिमोरका पारस मनि श्रेष्ठ, टेक्सासका रबि रावल, भर्जिनियाका नारायण बिक्रम थापा, बोस्टनका रन्जन थापा लगायतका पदाधिकारीहरूको सहभागीता रहेको थियो ।

खबर एक्सप्रेस