आज:  | Sat, 31, Oct, 2020

नाराबाजी गर्ने सासंदलाई घिसारेर निकाल्न प्रदेश मन्त्रीको निर्देशन

२०७७, १९ आश्विन सोमबार २३:४८ मा प्रकाशित ( ३ हफ्ता अघि) १०८६ पाठक संख्या

बुटवल, असोज १९ गते । प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड समेत गरेका छने । सोही समयमा बोलिरहेका प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् । उनी बोल्ने क्रममा सत्तारुढ सांसदले प्रश्न सोध्न हात उठाइरहेका थिए भने विपक्षी कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका थिए ।
त्यस क्रममा के।सी।ले आफूअघि उभिएका मर्यादापालकलाई हातले कोट्याउँदै नाराबाजी गर्ने सांसदलाई लक्षित गर्दै भने ‘घिसारेर निकालिहाल् । भनेका थिए ।

खबर एक्सप्रेस