आज:  | Thu, 28, Mar, 2024

आज तीन मन्त्री थपिने सम्भावना

२०७७, २० आश्विन मंगलवार ११:३० मा प्रकाशित ( ३ साल अघि) १७९५० पाठक संख्या

काठमाडौं, असोज २० गते । प्रधानमन्त्री शर्मा ओलीले आज केही मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। आज दिउँसो ४ बजे बस्ने नेकपा सचिवालयको बैठकले तीन मन्त्री थप्ने निर्णय हुने बताइएको छ । 

 आज साँझसम्म नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम चर्चामा छ । सम्भवतः अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डे र सञ्चार मन्त्रीमा जनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ । 

तर सञ्चार मन्त्रालयमा जनार्दन शर्माले खासै रुचि देखाएका छैनन् । 

खबर एक्सप्रेस