आज:  | Thu, 22, Feb, 2024

नेकपाको सचिबालय बैठक सम्पन्न

२०७७, २० आश्विन मंगलवार २१:५५ मा प्रकाशित ( ३ साल अघि) १०१०७ पाठक संख्या

काठमाडौं, असोज २० गते । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । आजको बैठकले पुरानै कार्यसूचीमा मात्र छलफल भएको बताईएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको जिम्मेवारीअनुसार ठोस किसिमको प्रस्ताव बैठकमा आइनसकेकाले पुरानै कार्यसूचीमा छलफल भएको छ ।
आज मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल हुने भनिएतापनि केही काम बाँकी भएकाले दुई अध्यक्षले सहमति गरी स्पष्ट आधार बनाउने जिम्मेवारी बैठकले दिएको थियो ।
दुई अध्यक्षले सहमतिको प्रस्ताव तयार गरेपछि सचिवालयको बैठक तय हुने छ।

खबर एक्सप्रेस