आज:  | Mon, 26, Feb, 2024

नेपालमा कोरोना सकृय  कोरोना संक्रमितको संख्या २५ हजार पुग्यो

२०७७, २१ आश्विन बुधबार २०:२२ मा प्रकाशित ( ३ साल अघि) १८०१२ पाठक संख्या

नेपालमा कोरोना दिनानुदिन बढीरहेको छ । आज मात्र नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४जना रहेका छन् । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौ जिल्लामा १२९६ ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । भने देशभर सकृय  कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ ।

खबर एक्सप्रेस