आज:  | Sat, 31, Oct, 2020

प्रहरीको पोशाक र दर्ज्यानी चिह्नको दुरुपयोग गरे कार्बाही हुने

२०७७, २२ आश्विन बिहीबार २०:५५ मा प्रकाशित ( ३ हफ्ता अघि) ५२८ पाठक संख्या

काठमाडौं, आश्विन २२ गते, नेपाल प्रहरी प्रधान कार्यालयले अबदेखी प्रहरीको पोशाक र दर्ज्यानी चिह्नको दुरुपयोग गर्नेलाई कारबाही गर्ने भएको छ ।
प्रहरीको पोशाक र दज्र्यानी चिन्ह प्रयोग गरी पछिल्लो समय सर्टमुभी, म्युजिक भिडियो साथै टिकटक बनाउने कार्य बढेको पाईएकोले प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी कारबाहीको चेतावनी दिएको छ । प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले जारी गरेको विज्ञप्तिमा प्रहरी पोशाक प्रयोग गर्नु पर्ने भए जनसम्पर्क तथा प्रचार प्रसार इकाइबाट अनिवार्य अनुमति लिनु पर्ने भनेको छ । त्यसका लागि पोशाक प्रयोग गर्नु पर्ने कारण खुलाउनु पर्नेछ । यो कार्यले सस्तो लोकप्रियताको लागी बनाईने यसकिसिमका कार्यमा कमी आउने बताईएको छ ।

खबर एक्सप्रेस