आज:  | Tue, 16, Apr, 2024

भारतका तीनवटा टेलिभिजन च्यानलमाथि टीआरपी हेरफेरको आरोप

२०७७, २३ आश्विन शुक्रबार ०९:३० मा प्रकाशित ( ३ साल अघि) १०६६५ पाठक संख्या

काठमाडौं, असोज २२ गते । भारतका तीनवटा टेलिभिजन च्यानलमाथि टेलिभिजन रेटिंग प्वाइन्ट्स (टीआरपी) हेरफेर गरेको आरोपमा छानबीन सुरु भएको छ । मुम्बई प्रहरीका अनुसार तीन वटा टेलिभिजनमा अर्णब गोस्वामी कार्यक्रम प्रस्तोता रहेका रिपब्लिक टेलिभिजन पनि एक हुन । 

भारतीय सञ्चारमाध्यमहरुले मुम्बई प्रहरीका कमीश्नर परमबीर सिंहलाई उद्धृत गर्दै रिपब्लिक टीभी, फक्त मराठी र बक्स सिनेमामाथि उक्त आरोपमा छानबीन भइरहेको उल्लेख गरेको छ । कुन टेलिभिजन च्यानलको कार्यक्रम कति लोकप्रिय हो र कति दर्शकले हेर्छन् टीआरपीले निर्धारण गर्छ । कमीश्नर सिंहले उक्त रैकेटमा हंस नामक एक संगठनले सघाएको जानकारी दिनुहुँदै पत्रकार सम्मेलनमा विस्तृत जानकारी गराएका छन्। 

टीआरपी हेरफेर गर्न मुम्बईभित्र करिब दुई हजार ब्यारोमिटर जडान गरी प्रयोगमा ल्याइएको थियो । “केही व्यक्ति घरैपिच्छे पुगेर उक्त टेलिभिजन च्यानल हेर्न आग्रह गर्दै टेलिभिजन हेरे बापत् मासिक रुपमा रुपियाँ उपलब्ध गराउँदै आएका थिए। प्रत्येक घरपरिवारले टेलिभिजन हेरे बापत् मासिक चार देखि पाँच सय रुपियाँ पाउँदै आएका छन् । 

टेलिभिजन हेरे बापत् रुपियाँ पाएको घरपरिवारले प्रहरी समक्ष समेत स्वीकार गरेका छन् । दुईटै मराठी च्यानलका सञ्चालकलाई पक्राउ गरिएको छ । रिपब्लिक टीभीका सञ्चालक तथा निर्देशकलाई छिट्टै प्रहरी समक्ष बोलाइने सिंहले जानकारी दिए।

खबर एक्सप्रेस