आज:  | Mon, 26, Feb, 2024

विश्वभर टिकाको साईत

२०७७, २३ आश्विन शुक्रबार ०९:३६ मा प्रकाशित ( ३ साल अघि) ११२२३ पाठक संख्या

काठमाडौँ, असोज २२ गते। अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको दसैंको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालमा कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।

यसैगरी भारतमा बिहान १०:३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११:०५, केन्टुकीमा बिहान ११:०७, टेक्सासमा बिहान ११:५७ र क्यालिफोर्नियामा ११:४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताए ।  

यसैगरी बेलायतको लण्डनका लागि बिहान ११:३९, क्यानडाको टोरन्टोका लागि बिहान ११:४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११:३७ र फ्रान्सको पेरिसका लागि बिहान ११:४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ । 

 जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११:३५, अष्टेलियाको सिड्नीमा बिहान ०९:४३,मेलबर्न शहरमा बिहान ९:५३ बजे, ब्रिसबेनमा बिहान ९:५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०:३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०:४३, कतारको दोहामा बिहान १०:२१, थाइल्याण्डको बैङ्ककमा बिहान १०:३३, दक्षिण कोरियाको सोलमा बिहान १०:२७, इजरायलको तेल अभिभमा बिहान १०:३७, सिङ्गापुरमा बिहान १०:४१, हङकङमा बिहान १०:४९, साउदी अरबमा बिहान १०:२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०:१५ बजेको समयमा दशैँको टीका लगाउन उत्तम हुने जनाएको छ । यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।

खबर एक्सप्रेस