आज:  | Tue, 20, Feb, 2024

नेपाल रेयूकाईका सल्लाहकार समाजसेवी दीपक श्रेष्ठको निधन

२०७७, २४ आश्विन शनिबार २१:२९ मा प्रकाशित ( ३ साल अघि) ८१८५ पाठक संख्या

नेपाल रेयूकाई  केन्द्रीय कार्य समितिका सल्लाहकार दिपक  कुमार श्रेष्ठको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज निधन भएको छ । धरानका समाजसेवी श्रेष्ठ रोटरी क्लब अफ धरानका अध्यक्ष समेत् हुन् । धुलिखेल समाज, धरान जेसिज, रेडिमेड तथा फेन्सी व्यवसायी संघका पुर्वअध्यक्ष समेत् हुन । उनी सामाजिक काममा निकै सकृय रहदै आएका थिए।

पारिवारिक स्रोतका अनुसार श्रेष्ठलाई शुक्रबार सामान्य रुघाखोकी र टाउको दुःखेको थियो । उनलाई सास फेर्न गाह्रो भएपछि वीपी प्रतिष्ठानको इर्मेजेन्सीमा लगिएको थियो । उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन यहीबिच श्रेष्ठको आज बिहान निधन भएको हो । चिकित्सकहरुले श्रेष्ठको श्वासप्रश्वास सम्बन्धी समस्याले नै निधन भएको जानकारी परिवारलाई दिएको छ । उनको पिसिआर परिक्षण भने गरिएको छैन । 

उनको निधनमा बिभिन्न संघ सस्थाले दु:ख ब्यक्त गरेका छन् ।

खबर एक्सप्रेस