आज:  | Sat, 20, Apr, 2024

परिस्थिती गम्भिर बन्दै : ठुलो संकट आउने बिज्ञहरु बताउछन्

२०७७, २४ आश्विन शनिबार २२:२४ मा प्रकाशित ( ३ साल अघि) १३७३४ पाठक संख्या

काठमाडौ, आसोज २४ गते । हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा दिनदिनै कोरोना संक्रमित संख्या बढेको भन्दै परिस्थिती अप्ठ्यारो आएको बताएको छ । पछिल्लो चौबीस घण्टामा १९,३२० जनाको पीसीआर परीक्षण गरिएकोमा ५,००८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोछ । भने जम्मा १,२२९ जना मात्र निको भएर घर फर्किएका छन्। कोरोना संक्रमितको दर यसरी बढदै गए स्थिती गम्भीर हुने बताएको छ। हालका दिनमा संक्रमित हुने बिरामी संख्या भन्दा डिस्चार्ज हुने दर निकै कमी छ । यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने मन्त्रालयले जनाएकोछ ।
कोरोना संक्रमितहरूको संख्या धेरै बढेकोछ। अस्पतालहरू,आइसोलेसन सेन्टरहरू भरिएका छन्। बिरामीको संख्या बढेर अस्पतालहरु खचाखच भरीन थालेका छन् । प्रेस ब्रिफिङमा डा. जागेश्वर गौतमले भने यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पुर्‍याउँदैछ भन्ने आकलन गर्न सकिन्छ। सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्दै सुरक्षित रहन मन्त्रालयले आग्रह गरेको छ।
अहिले सार्वजनिक यातायातमा यात्रुको भिड छ । सरकारी कार्यालयहरु, पसलहरु, रेष्टुरेन्टहरु, अन्य स्थानमा पनि स्वास्थ्य मापदण्ड लागु गरीएको छैन । नागरीकले मास्क नलगाई हिड्ने गरेको पाईएको छ । मानिसहरु एकआपसमा भौतिक दुरी कायम गर्न छोडेका छन् । यस्तो अवस्थाले परिस्थिती निकै भयाभव हुने बिज्ञहरुले बताएका छन् । भने अब यस्तै अवस्था रहे बिरामीले अस्पताल समेत पाउन नसक्ने स्थिती आउन सक्ने तर्फ बिज्ञहरुले सचेत गराएका छन् ।

खबर एक्सप्रेस