आज:  | Sat, 31, Oct, 2020

आजबाट मुन्द्रेको कमेडी क्लब’ को सिजन २

२०७७, २६ आश्विन सोमबार १०:४० मा प्रकाशित ( २ हफ्ता अघि) ५२८ पाठक संख्या

काठमाडौं– अभिनेता जीतु नेपालको लोकप्रिय टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ को सिजन २ आजबाट प्रसारण हुँदैछ । यसपटकको अध्यक्षता भने सदाबहार नायिका करिश्मा मानन्धरले गर्ने छिन् ।

कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने छ । भने डिजिटल प्लेटफर्ममा जीतु नेपालको आधिकारिक यूट्युबब च्यानल जीतुकमेडी (jitucomedy) च्यानलबाट प्रसारण हुनेछ ।कार्यक्रम प्रत्येक सोमबार राति ८:५० बजेदेखि प्रसारण हुनेछ भने जीतुकमेडी यूट्युब च्यानलमा राति सवा नौ बजेदेखि हेर्न पाइने छ ।

खबर एक्सप्रेस