आज:  | Fri, 29, Mar, 2024

राप्रपाको देशब्यापी एकता समायोजन

२०७७, २६ आश्विन सोमबार २२:२८ मा प्रकाशित ( ३ साल अघि) १९१५९ पाठक संख्या

देशै भरी राप्रपाको एकता समायोजन हुदै
काठमाडौं, असोज २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ । राप्रपाले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्‍याएको छ ।
राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्य समिति विस्तार गरेको जानकारी दिएको छ । राप्रपाले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरी आगामी वैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारीमा रहेको ।
यो सँगै राप्रपाको जिल्ला जिल्लामा पार्टी एकता समायोजन सहित नयाँ समिति गठन हुने प्रकृया चलिरहेको छ । नेपाली काँग्रेस र नेकपाको गतिबिधिबाट दिकदार बनेका जनताहरु दिनानुदिन राप्रपा प्रबेश गर्नेको लहर चलेको छ । राप्रपालाई अग्रणी शक्ति बनाउन अपील गर्दे आएका राप्रपा अध्यक्ष कमल थापाको आग्रह बमोजीम अहिले राप्रपाका केन्द्रिय नेतादेखी जिल्ला नेताहरु जिल्ला जिल्ला गाऊ गाऊ पुगेका छन् । गाऊ गाऊमा राप्रपा प्रवेश गर्नेको लहर चलिरहेको छ । त्यसैगरी नेकपाको शक्तिकेन्द्रको रुपमा रहेको झापाबाट दिनहु राप्रपामा प्रवेश गर्नेको लहर चलिरहेको छ । यहाँका निर्बाचित एक मात्र सांसद राजेन्द्र लिडदेनको सकृय भूमिका र ईमान्दारीताका कारण झापामा राप्रपा बलियो शक्तिको रुपमा उदय हुदै आएको छ । आगामी दिनमा राप्रपाका केन्द्रिय नेताहरुको बलियो एकताबाट राप्रपा देशको नयाँ अग्रणी शक्तिको रुपमा उदय हुने राप्रपाका नेता मोहन श्रेष्ठले बताएका छन् ।

खबर एक्सप्रेस