आज:  | Tue, 16, Apr, 2024

अन्तर्राष्ट्रिय सीमा नाका बन्द कात्तिक मसान्तसम्म थप

२०७७, २६ आश्विन सोमबार २२:४१ मा प्रकाशित ( ३ साल अघि) १८१०५ पाठक संख्या

काठमाडौँ, असोज २६ गते । नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द कात्तिक मसान्तसम्म थप गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
परराष्ट्र«मन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा नाकाबाट हुने प्रवेश रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको जानकारी दिए ।
कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लाइदै आएको छ । यद्यपि, ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेका जनाइएको छ । यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

खबर एक्सप्रेस