आज:  | Mon, 26, Feb, 2024

यसपाली एटीएमबाटै नयाँ नोट

२०७७, २७ आश्विन मंगलवार ०८:४५ मा प्रकाशित ( ३ साल अघि) ९९५२ पाठक संख्या

काठमाडौं । यसपाली दशैंमा एटीएमबाटै नयाँ नोट पाइने भएको छ । गत वर्षहरुमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था हुँदैआएको थियो । तर यसपालि बैंकमा लाइन नबसी एटीएमबाटै नयाँ नोट पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

दशैंमा नयाँ नोट सटही गर्दा लामो लाइन बस्ने र भिड हुने भएकोले संक्रमणको जोखिम बढने भएकाले यसपटकको दशैंमा कुनै पनि बैकबाट नयाँ नोट सटही नगर्ने निर्णय भएको छ। कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

खबर एक्सप्रेस