आज:  | Fri, 29, Mar, 2024

नेपाल चलचित्र कलाकार संघ १ नम्बर प्रदेश शाखा गठन

२०७७, २८ आश्विन बुधबार ०८:३१ मा प्रकाशित ( ३ साल अघि) १३०२१ पाठक संख्या

नेपाल चलचित्र कलाकार संघ FAAN का केन्द्रिय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यतामा इटहरीमा भौतिक दूरी कायम कायम गर्दै एक बिशेष कार्यक्रमको आयोजनाका गरी नेपाल चलचित्र कलाकार संघ १ नम्बर प्रदेश शाखा गठन भएकोछ । 

चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी श्री परशुराम चौधरी लगायत पुर्वान्चलका विभिन्न संघ, सस्थाका प्रतिनिधि हरुको उपस्थिति थियो । सो अवसरमा प्रमुख आतिथि रविन्द्र खड्काले प्रदेश नम्बर १ मा चर्चित, लोकप्रीय थुप्रै कलाकर्मिलाई समेटी पहिलो पटक शाखा खोल्न पाएकोमा गौरान्विन्त भएको कुरा ब्यक्त गरेका थिए ।२१ जना को तदर्थ समिति गठन गरीएको छ् ।

तदर्थ समितिको संयोजक वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठ , सह-संयोजक दिनेश कोइराला लगाएत २१ सदस्यीय तदर्थ समिति गठन भएको छ । 

संयोजक – पुस्प श्रेष्ठ 

सह संयोजक -दिनेश कोइराला 

सदस्य -भिम लामा

सदस्य -जतिन ताम्राकार 

सदस्य -माधब पौडेल खत्री 

सदस्य -लेजिना सुवेदी 

सदस्य -रेस्मा घिमिरे 

सदस्य -प्रवल दिप बिश्वास 

सदस्य -नवीन सुब्बा 

सदस्य -रेखा लिम्बू

सदस्य -गणेश राउत 

सदस्य -मिलन सुवेदी 

सदस्य -हरि प्रसाद सुब्बा 

सदस्य -मेघराज लिम्बू(गोपाल )

सदस्य -श्याम कटबाल

सदस्य -ईश्वर गुरुङ 

सदस्य -सुजन ढकाल

सदस्य -सारदा शाक्य 

सदस्य -ममता चौधरी 

सदस्य -धर्मेन्द्र आचार्य 

सदस्य -तुलसी घिमिरे

प्रदेश नम्बर १ बाट सुरु भएको नेपाल चलचित्र कलाकार संघ को शाखा बिस्तार क्रमश ७ वटै प्रदेशमा गरिने योजना संघको रहेको केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिएका छन् ।

खबर एक्सप्रेस