आज:  | Fri, 19, Apr, 2024

कात्तिक ७ गतेभित्र क्लिनफिड लागु गर

२०७७, २८ आश्विन बुधबार १५:२८ मा प्रकाशित ( ३ साल अघि) १४०७५ पाठक संख्या

काठमाडौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न गराउन विज्ञप्ति जारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ताले आज एक विज्ञप्ति जारी गरी ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात् कात्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने कानूनी व्यबस्था रहेको स्मरण गराएका छन्। 

खबर एक्सप्रेस