आज:  | Sat, 31, Oct, 2020

बहराइनका राजकुमारले मनास्लु हिमाल आरोहण गरे

२०७७, ३० आश्विन शुक्रबार ०८:५८ मा प्रकाशित ( २ हफ्ता अघि) ५२८ पाठक संख्या

काठमाडौं, असोज ३०। बहराइनका राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । राजकुमार नासिर बिन हामिद अल खलीफाले बिहीबार बिहान ८ हजार १ सय ५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन् । राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले बिहीबार बिहान सात बजेर दश मिनेटमा मनास्लुको सफल आरोहण गरेको हो । मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो । सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो । यसअघि राजकुमार नासिरले सोलुखुम्बुको लोबुचे हिमालको सफल आरोहण गरेका थिए । कोरोना माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका हुन् । राजकुमारको टोलीले अर्को सिजनमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको बताइएको छ ।

खबर एक्सप्रेस