आज:  | Sat, 31, Oct, 2020

शिव श्रेष्ठ र भुवन केसी पहिलो पटक सँगै एउटै टेलिभिजन कार्यक्रममा आउँदै शिवले गाए पहिलो पटक गीत

२०७७, ३० आश्विन शुक्रबार १०:४९ मा प्रकाशित ( २ हफ्ता अघि) २२६४ पाठक संख्या

काठमाडौं, संचारकर्मी नरेश भट्टराईको फरक किसिमको टिभी कार्यक्रम मेरो एउटा साथी छ प्राइम टेलिभिजनबाट आउँदै छ। यो कार्यक्रम यही कार्तिक २ गतेदेखि प्रत्येक आईतवार राति ९ बजेदेखि प्रसारण हुने जानकारी गराईएको छ । कार्यक्रमको पहिलो शृङ्खलामा नेपाली फिल्मका सर्वाधिक सफल अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसी प्रस्तुत हुँदैछन् ।

 

अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसी पहिलो पटक सँगै एउटै टेलिभिजन कार्यक्रममा आउँदै छन्। अभिनेता शिव श्रेष्ठले अहिलेसम्म टेलिभिजन कार्यक्रममा कहिले पनि गीत गाएका छैनन् । उनले पहिलो पटक टेलिभिजन कार्यक्रममा गीत समेत गाएका छन्।

नेपाली फिल्मका सर्वाधिक सफल अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीको दोस्ती यो शोमा भरपुर किसिमले हेर्न पाईनेछ ।

खबर एक्सप्रेस