आज:  | Wed, 27, Mar, 2024

प्रधानमन्त्रीबाट अर्को निर्णय नभएसम्म काठमाण्डौं नछाडन निर्देशन

२०७७, १ कार्तिक शनिबार २३:४० मा प्रकाशित ( ३ साल अघि) ११५९५ पाठक संख्या

काठमाडौं, कार्तिक १ गते,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशका पदाधिकारीहरुलाई तत्काल काठमाडौ नछोड्न निर्देशन दिएका छन् । शनिबार बिहान बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानन्त्रीलाई ओलीले कर्णाली प्रदेशमा आएको विवादबारे पदाधिकारीहरुको ब्रिफिङ सुनेका थिए । उनले भने तपाईंहरुका कुरा मैले सुने, अब हामी दुई अध्यक्ष बसेर सल्लाह गर्छौँ, त्यपछि निष्कर्षमा पुग्ने बताएका छन् । त्यहाँसम्म काठमाडौँ नछोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

टोलीले बिहीबार र शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग पनि बेग्लाबेग्लै रिपोर्टिङ गरेका थिए । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले असोज २७ गते पत्र काट्दै काठमाडौँ बोलाएका थिए ।

खबर एक्सप्रेस