आज:  | Sat, 23, Mar, 2024

कर्णाली प्रदेश सम्बन्धिको निर्णयहरु बदर हुने

२०७७, ४ कार्तिक मंगलवार २३:१९ मा प्रकाशित ( ३ साल अघि) ९६११ पाठक संख्या

काठमाडौं, कार्तिक ४ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशमा नेकपाका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेको हटाउने निर्णय बदर गर्ने सहमति भएको छ ।
दुई अध्यक्षबीचको भेटमा यस्तो सहमती बनेको हो । त्यस्तै, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने तथा मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको र छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो बताईएको छ ।

खबर एक्सप्रेस