आज:  | Sat, 20, Apr, 2024

“जुनमा हेरूँ तिमीलाई” भन्दै महानायक हमाल

२०७७, ५ कार्तिक बुधबार २०:१६ मा प्रकाशित ( ३ साल अघि) २०२७५ पाठक संख्या

महानायक राजेश हमाल अभिनित वरिष्ठ गायक इन्द्रजित मिजारको स्वरमा सुसज्जित ‘जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ । गीतमा वरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको छ भने संगीत संयोजन चन्द सिंहले गरेका हुन् ।

चलचित्र देउतामा समावेश ‘अब यो बाटो मेरो हो’ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा महानायक राजेश हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी पनि फिचर्ड छन् । समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन्। विकाश दहालले भिडियो सम्पादन गरेका हुन् । श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरुका आवाजमा उत्कृष्ठ गीतहरु सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । आगामी दिनहरुमा अझै स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । दशैँको कोशेली स्वरूप प्रस्तुत यस गीतलाई सुनेर प्रतिक्रिया दिन हुन् निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।                                                                               भिडियो लिंन्क:                         https://youtu.be/OthdNGoRHgU

खबर एक्सप्रेस