आज:  | Fri, 29, Mar, 2024

सलमान खानले किने क्रिकेट टिम, क्रिश गेललाई कप्तान बनाउने सम्भावना

२०७७, ८ कार्तिक शनिबार ०९:३० मा प्रकाशित ( ३ साल अघि) १२२१५ पाठक संख्या

काठमाडौं । क्रिकेट र बलिउडको सम्बन्ध छ गज्जबको छ । युएईमा अहिले भईरहेको विश्वकै चर्चित घरेलु लिग इण्डियन प्रमियर लिग (आईपीएल)मा नायक शाहरुख खानदेखि नायिका प्रिति जिन्टासम्मको टिम खेलिरहेका छन्। उनिहरुको टिमले निकै चर्चा पनि पाईरहेको छ । अब बलिउडका अर्का स्टार सलमान खानले पनि क्रिकेट टिम खरिद गरेका छन् ।

सलमानले श्रीलंकामा चाडै सुरु हुन लागेको श्रीलंका प्रिमियर लिगको टिम खरीद गरेका हुन्। प्रतियोगितामा कुन पाँच टिम भाग लिने छन्। जसमा सलमानको परिवारको एक टिम हुनेछ। सलमानका कान्छा भाई सोहेल खानले एकको टिमको फ्रेन्चाइज खरीद गरेको टाइम्स अफ इण्डियाले जनाएको छ। उनले क्यान्डी टस्कर्स नामको टिम फ्रेन्चाइज खरीद गरेका हुन्। उक्त टिममा सोहेल खान इन्टरनेशनल एलएलपीबाट लगानी गरिएको हो। लगानीमा सलीम खान र सलमान खानको पनि हिस्सा छ। सोहेल खानका अनुसार खेल हेर्न सलमान स्टेडियममा उपस्थित हुनेछन्। उनी यो नयाँ क्रिकेट लिगलाई लिएर उत्साहित पनि छन्। र लिगमा आफ्नो टिम सफल हुने बिश्वास गरेका छन् ।

सलमानको टिममा वेस्ट इण्डिजका दिग्गज खेलाडी क्रिस गेललाई समावेश गरिएको र गेल नै उक्त टिमको कप्तान हुने अनुमान गरिएको छ । गेल आफ्नो लामो छक्का प्रहार गर्नका लागि चर्चित छन्। अब केही दिनमा आधिकारिक धारणा आउने बताइएको छ ।

खबर एक्सप्रेस