आज:  | Mon, 19, Feb, 2024

नेपालमा आज २,२२५ जना कोरोना संक्रमित थपिए

२०७७, ८ कार्तिक शनिबार २१:०० मा प्रकाशित ( ३ साल अघि) ७८७५ पाठक संख्या

काठमाडौं, कात्तिक ८ गते । आज २,२२५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको कोरोना परीक्षण गरिएको थियो।
पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २,२२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका कोरोना सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५५ हजार २३३ पुगेको छ । भने ४६ ह्जार ५७ जना सकृय संबmमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा दुई हजार ८४६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख आठ हजार ३३४ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

खबर एक्सप्रेस