आज:  | Fri, 15, Mar, 2024

पर्सा हत्या बारे प्रचण्डको विज्ञप्ति

२०७७, ९ कार्तिक आईतवार १९:५१ मा प्रकाशित ( ३ साल अघि) ११५६४ पाठक संख्या

गत ६ कार्तिक २०७७ का दिन पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा केही अवाञ्छित तत्वहरुको आक्रमणमा परी पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव कमरेड मुकेश चौरसियाको हत्या भएको कुरा सर्वविदत नै छ ।

यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै क. चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको पनि विदित नै छ । 

म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु ।

हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।

०९ कार्तिक, २०७७
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

खबर एक्सप्रेस