आज:  | Tue, 19, Mar, 2024

आजको कोरोना अपडेट

२०७७, १० कार्तिक सोमबार १९:४६ मा प्रकाशित ( ३ साल अघि) १८०४३ पाठक संख्या

काठमाडौं, कात्तिक १० गते । आज नेपालमा कोरोना भाइरसका एक हजार ७४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७४१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । नेपालमा कुल सङ्क्रमित एक लाख ५९ हजार ८३० पुगेको छ । हाल ४३ ह्जार २९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
भने आज चार हजार पाँच जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख १५ हजार ६७५ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

खबर एक्सप्रेस