आज:  | Tue, 19, Mar, 2024

आज १,९५४ जना कोरोना सङ्क्रमित भेटिए भने १,९८१ जना सङ्क्रमित घर निको भएर घर फर्के

२०७७, १२ कार्तिक बुधबार १८:५९ मा प्रकाशित ( ३ साल अघि) १०२९३ पाठक संख्या

काठमाडौं, कात्तिक १२ गते । आज नेपालमा कोरोनाभाइरसका एक हजार ९५४ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार २४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९५४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । अब नेपालमा कुल सङ्क्रमित एक लाख ६२ हजार ३५४ पुगेको छ । भने ३९ ह्जार ६४३ जना सक्रिय सङ्क्रमिण पुगेका छन्।
आज दुई हजार ९८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख २१ हजार ८२४ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

खबर एक्सप्रेस