आज:  | Fri, 15, Mar, 2024

अब इन्स्टाग्राममा चार घन्टासम्म लाइभ गर्न सकिने

२०७७, १३ कार्तिक बिहीबार १४:४२ मा प्रकाशित ( ३ साल अघि) ९९८३ पाठक संख्या

बहुचर्चित सामाजिक सञ्जाल इन्स्टाग्राम विश्वभरका करोडौँ मानिसले प्रयोग गर्दै आइरहेका छन् । अहिलेसम्म इन्स्टाग्राम प्रयोगकर्ताले लाइभ इस्ट्रिम (प्रत्यक्ष प्रसारण) फिचरमार्फत एक घन्टा मात्रै लाइभ गर्न सकिन्थ्यो ।अब भने प्रयोगकर्ताको मागअनुसार इन्स्टाग्रामले अब चार घन्टासम्म लाइभ गर्न सकिने व्यवस्था गरेको छ ।

यति मात्रै होइन, कम्पनीले लाइभ अर्काइभको व्यवस्था पनि गरेको छ । जसमा प्रयोगकर्ताले लाइभ गरेका भिडियोहरू ३० दिनसम्म रहनेछन् । तर, यो भिडियो हेर्न भने प्रयोगकर्ताले मात्रै पाउँछन् । यसअघि इन्स्टामा पोस्ट र स्टोरीहरू मात्रै स्टोर गर्न सकिन्थ्यो । यसरी नयाँ फिचर थपिएकोबारेमा कम्पनीले ट्विटरमार्फत जानकारी दिएको छ ।

खबर एक्सप्रेस