आज:  | Tue, 19, Mar, 2024

आज दुई हजार ३६४ जना कोरोना संक्रमित थपिए

२०७७, १३ कार्तिक बिहीबार २३:०६ मा प्रकाशित ( ३ साल अघि) ९०२२ पाठक संख्या

काठमाडौं, कात्तिक १३ गते । आज नेपालमा कोरोनाभाइरसका थप दुई हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६४ हजार ७१८ पुगेको छ । हाल ३८ हजार ९५२ जनामा सक्रिय कोरोना सङ्क्रमण पुगेका छन्।
पछिल्लो चौबीस घण्टामा तीन हजार ३८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २४ हजार ८६२ सङ्क्रमित निको भएर घर फर्केका छन् । भने १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

खबर एक्सप्रेस