आज:  | Tue, 12, Mar, 2024

भिटेनलाई पक्राउ गर्न प्रहरी परिचालन

२०७७, १४ कार्तिक शुक्रबार ००:४९ मा प्रकाशित ( ३ साल अघि) ७२२४ पाठक संख्या

काठमाडौं। प्रहरी प्रधान कार्यालयद्वारा र्‍यापर समिर घिसिङ (भिटेन)लाई पक्राउ गर्न साइबर ब्यूरो लाई पत्राचार गरेको छ। केही दिन अघि मात्र युट्युबमा अपलोड भएको भिटेनको ‘पारा’ टाइटलको नयाँ गीतमा अपशब्द प्रयोग भएको भन्दै उनलाई पक्राउ गर्न साइबर ब्युरोलाई निर्देशन आएको छ । प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएपछि उनीहरु सबैको खोजी भइरहेको छ । नयाँ गीत पारामा सुरुदेखि अन्त्यसम्म प्रहरीसहित महिलासम्मलाई गाली-गलौज र अस्लिल शब्द प्रयोग गरिएको गुनासो आएको प्रहरीको भनाइ छ । यसअघि पनि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतको भिडियोका कारण भिटेन विवादित बनेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान गरेर छाडेको थियो। सो क्रममा उनले आगामी यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनापछि प्रहरीले छाडेको थियो । यो पटकको नयाँ -याप गीतको भिडियो ५ दिनमै १० लाखभन्दा बढीले हेरेको गीत अहिले युट्युवबाट हटाइएको छ ।

खबर एक्सप्रेस