आज:  | Tue, 19, Mar, 2024

नेपालमा हालका दिनमा कोरोना संक्रमित संख्याभन्दा घर पर्कने संख्या बढी

२०७७, १४ कार्तिक शुक्रबार २०:४७ मा प्रकाशित ( ३ साल अघि) ७५३४ पाठक संख्या

काठमाडौं, कात्तिक १४ गते । आज नेपालमा कोरोना भाइरसका तीन हजार ५१७ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार ९०९ नमुना परीक्षण गरिएको थियो । थपिएका सङ्क्रमित सँगै नेपालमा सङ्क्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।
हाल सक्रिय सङ्क्रमित ३८ हजार ३५७ जना रहेका छन् । भने चार हजार ९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै घर फर्कनेको संख्या एक लाख २८ हजार ९५८ जना पुगेको छ ।
त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

खबर एक्सप्रेस