आज:  | Wed, 24, Apr, 2024

९५ हजार मेट्रिक टन धान कृषि सहकारी सङ्घले किन्ने अपेक्षा

२०७७, १४ कार्तिक शुक्रबार २०:५७ मा प्रकाशित ( ३ साल अघि) ८४०२ पाठक संख्या

रासस । सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेको हुदा कृषकलाई राहत हुने भएको छ। सरकारले किसानबाट उत्पादित धान सहकारी मार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाएको थियो ।
सरकारले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल रु दुई हजार सात सय ७३५ रुपियाँ र मध्यम धानको प्रति क्विन्टल रु दुई हजार आठ सय ८५ न्यूनतमे समर्थन मूल्य तोकेको थियो। यसअघि सहकारी मार्फत धान खरिद गर्न कृषि मन्त्रालयले निर्देशिका जारी गरेको थियो ।
यसवर्ष ९५ हजार मेट्रिक टन धान कृषि सहकारी सङ्घले किन्ने अपेक्षा गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार धान खरिद गर्दा त्यसको गुणस्तर कायम राख्न आग्रह गर्दे धानमा १८ देखि २२ प्रतिशत चिस्यान हुने भएकाले त्यसको भण्डारणमा ध्यान दिन सुझाव दिए।

खबर एक्सप्रेस