आज:  | Tue, 19, Mar, 2024

कहिले नथाक्ने अभियन्ताहरु बाग्मतीको ३९०औ हप्ता पुरा

२०७७, १५ कार्तिक शनिबार १०:३२ मा प्रकाशित ( ३ साल अघि) ७५९६ पाठक संख्या

राष्ट्रका लागि हप्तामा दूई घण्टा स्वयम् सेवा भन्ने मुल नाराका साथ शुरु भएको बाग्मती सफाई महाअभियानको ३९०औ हप्ताको सफाई अभियान सम्पन्न भएको छ ।

कोभिड-१९ कोरोना भाइरस संक्रमणका कारण ठुलो समूहमा अभियान गर्न नसकेको स्थितीमा अभियन्ताहरु सानो सानो समुहमा बिभिन्न क्षेत्रमा अभियान संचालन गर्दै आएका छन् ।

अहिले अभियन्ताहरु सहज वातावरण नहुन्जेलसम्म सामाजिक दूरी कायम गरी आ-आफ्नै घर, आँगन र घर कम्पाउण्ड अगाडिको सार्वजनिक सडक / सार्वजनिक स्थल /नदी किनारा सफा गर्दै आएका छन् ।

 

 

खबर एक्सप्रेस