आज:  | Sat, 20, Apr, 2024

नेपालमा कोरोनाका २,५०८ जना सङ्क्रमित थपिए

२०७७, १५ कार्तिक शनिबार १९:१९ मा प्रकाशित ( ३ साल अघि) ७३४८ पाठक संख्या

काठमाडौं, कात्तिक १५ गते । आज नेपालमा कोरोनाभाइरसका २,५०८ जना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९,२७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २,५०८ जनामा सङ्क्रमण पुष्टि भएको छ। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित १७०,७४३ पुगेको छ । हाल ३८,५८४ जनामा सक्रिय सङ्क्रमितहरु छन्। भने आज २,२६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म १३१,२२२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

खबर एक्सप्रेस