आज:  | Thu, 22, Feb, 2024

आज कोरोनाबाट २३ जनाको मृत्यू

२०७७, १६ कार्तिक आईतवार २१:३० मा प्रकाशित ( ३ साल अघि) १०१६९ पाठक संख्या

काठमाडौं, कात्तिक १६ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा १३ हजार २३ जनाको आरटीपीसीआर परीक्षण गर्दा कोरोनाभाइरसका दुई हजार ८२४ जना सङ्क्रमित थपिएका छन् ।
अब नेपालमा कुल सङ्क्रमित एक लाख ७३ हजार ५६७ पुगेको छ । भने ३७ हजार ७६५ जनामा सक्रिय सङ्क्रमित पुगेका छन् । आज दुई हजार २६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३४ हजार ८४२ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

खबर एक्सप्रेस