आज:  | Mon, 15, Apr, 2024

आज २,९३३ जनामा कोरोना पुष्टि

२०७७, १७ कार्तिक सोमबार २०:३० मा प्रकाशित ( ३ साल अघि) ७५९६ पाठक संख्या

काठमाडौं, कात्तिक १७ गते ।आज नेपालमा पछिल्लो चौबीस घण्टामा १३ हजार ४४६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ९३३ जनामा सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७६ हजार पाँचसय पुगेको छ । भने सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ जना पुगेको छ ।
आज तीन हजार १५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । भने हालसम्म एक लाख ३७ हजार ९९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

खबर एक्सप्रेस