आज:  | Thu, 22, Feb, 2024

नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या एक हजार पुग्यो

२०७७, १८ कार्तिक मंगलवार १९:०६ मा प्रकाशित ( ३ साल अघि) ८२७८ पाठक संख्या

काठमाडौं, कात्तिक १८ गते । पछिल्लो चौबीस घण्टामा ११ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ११४ जनामा कोरोना सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७९ हजार ६१४ पुगेको छ । नेपालमा हाल ३७ हजार ४७६ जना कोरोना सङ्क्रमित रहेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १४२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४१ हजार १३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार चार पुगेको छ ।

खबर एक्सप्रेस