आज:  | Mon, 30, Nov, 2020

कोभिड- १९ ले देश र देशको अर्थतन्त्र कति बर्ष पछाडि पर्‍यो ?

२०७७, १८ कार्तिक मंगलवार २०:०४ मा प्रकाशित ( ३ हफ्ता अघि) ११५९५ पाठक संख्या

हामी सचेत नागरिकले सोच्नु र गहन अधययन गर्नु जरूरी छ ।यो विश्व महामारी फैलाएको कोभिड- १९ ले नेपाल मात्र होईन विश्वका कुनै पनि देश अछुतो त रहेन तर पनि अरू देशको तुलनामा हाम्रो जस्ता अल्पविकसित देशको अर्थतन्त्र त बर्षौ पछाडि धकिलिएको अनुभव महशुस हुन्छ । र दु: ख पनि लाग्छ ।

विज्ञहरूको यसो विश्लेषण पढ्दा त अब देश पुरानो स्थितिमा आउन त धेरै बर्ष कुर्नु पर्ने विश्लेषण छ ! हुन त यस्ता माहामारी धेरै बर्ष अगाडि पनि आउथ्यो यो प्रकृति विपत्ति हो थाहा दिएर आउदैन ।

तर यो विपत्ति धेरै फरक किसिमको आयो जसले मानवहरूलाई त्रसित मात्र बनाएन घरभित्र नजर बन्धन राखि दियो । धेरै महिना अझै लगभग प्रकृतिको नजर बन्दमा नै छौ हामी मानव हुन त समय र प्रकृति भन्दा शक्तिशाली ससारमा केही कुनै चिज हुदैन रहेछ न दम्भ न हतियार शक्तिशाली देशहरू पनि लगभग कोमामा नै रहे हाम्रो देश त झनै पुरै कोमा  नै गयो ।

हुन त शक्तिशाली देशहरूमा विकास धेरै र विनास कमै सुनिन्थ्यो यस्ता महामारीमा तर हाम्रो अल्पविकसित देशमा त जहिल्यै पनि विकास कम र विनास धेरै ब्यहोदै आएका हौ हामी जनताले किन कि हाम्रो देशमा अर्थतन्त्र बढाउने र विकास गराउने राजनितीज्ञहरूको धेरै बर्ष देखि हामी जनताले आवास गर्नु पाएका पनि छैनौ ।

यसको मतलब यो होईन कि महामारीसंग राजनीतिक जोड्न खोजेको होईन , तर पनि यहाँ जोडिदिन्छन । बेलाबेलामा हाम्रो नेताहरूले आफैले विवादित हुने काम गरेर त कहिले कहिले बोलिमा लगाम नलगाउदा अलिकति गरेका कामहरू पनि ओजेलमा पर्छ्न उहाहरूको शब्द चयनले किन ? होला गम्भीर भएर नसोच्ने पद र प्रतिष्ठा पाउन जति सजिलो हुन्छ जोगाउन झनै गाह्रो अहिलेको जमाना सोसल मिडियाको हो 

त्यत्ति पनि हेक्का राख्दैनन हाम्रो नेताहरू कहिलेकाही त उहाँहरूको जुहारी नै चल्छ/ हामी जनता यस्ता जुहारी हेरेर आफ्नो जनमत खेर गएको अनुभव गदै पछुताएर बस्नु शिवाय केही हुन्न ।तर अब त सोच्ने बेला पनि आयो होला कोभिड- १९ ले देश र देश विकास  जर्जर भएको छ ! यसलाई कसरी क्षतिपूर्ति गर्ने युवा जनशक्ति लाखौ बेरोजगार छन ।कसरी सहि सदुपयोग  गरेर विदेश जानबाट रोकेर स्देशमै स्वरोजगार श्रृजना गरे युवाबर्गहरूलाई दिग्भ्मित हुनबाट जोगाउने देशको अर्थतन्त्र कसरी जोगाउने त्यहि माथि यत्रो सानो देशमा सघीय राज्य खर्च ब्यवस्थापन कसरी गर्ने भनेर सोच्ने बेला आएको छ ! सम्बन्धि निकाय मौन देखिन्छ ।

सधै सत्ता र भत्तामा मात्र ध्यान दिने कि ? जनता र देशको लागि उत्तदायि हुने त ? विषय गम्भीर छन ।हेर्दा त केही नदेखिएको समस्या अब गहिरो हुँदै जानेछ ।अहिले नै लगभग आठ नौ महिनामा त कतिले काम नपाएर बेरोजगार भएर एकछाक भातको लागि कोरोनाको त्रासलाई परै राखेर समुदाय मन्दिर र सेवामुलक ठाऊमा गएर घण्टै  लाईन लागेर एकपेट भरेका छन ।कतिले त जीवन नै फाले पनि भोकको ज्वाला मेट्न नसक्दा, संसारमा सबभन्दा ठुलो युद्व भोगको हुन्छ मान्छेले  खाली पेटको ज्वाला मेट्न जस्तोसुकै युद्व गर्छ ।

यी कुराहरू ध्यानमा राखेर अब सरकारले नयाँ भिजन सहित अगाडि बढेन भने कोभिड १९ – को क्षतिपूर्ति गर्नु निक्कै गार्हो हुनेछ ।कोभिड को उपचार गर्नु सक्दैनौ भने झै नहोला बेरोजगारी र भोको पेटको संरक्षण गर्नु यो निक्कै गहन विषय हुन ! सत्ता जोगाउने खेलमा सरकारको ध्यान विकास र अर्थतन्त्र जोगाउन पटक्कै नगएको महसुस हुन्छ ।

जनता त अब आफै सके उपचार गर्छ्न नत्र आफै मर्छ्न तर सत्ता जोगाए पनि कसको लागि सत्ता संचालन गर्ने भनेर सोच्ने बेला पनि आएन र अब सरकार जनताको अभिवाक हुन नसके पनि विवादित नभए कति राम्रो हुन्थ्यो ।

कोभिड – १९ को महामारीमा तपाईंहरूको राजनिती त्यति सुहाएको देखिन । दुईतिहाईको सरकारले ईच्छा शक्ति भएको भए धेरै गर्नु सक्थ्यो तर गरेनन के ले रोक्यो के ले छेक्यो र यो  विकास गर्नु आफ्नहरूसगै गुटबन्दी कहिले सम्म र किन ? 

हामी हरेस चाहिँ खाएका छैनौ तपाईहरूले जनतालाई जति नियम विपरित काम गरेपनि फेरि अर्को चुनाव पनि आउछ है नियमसंग नै त्यति पनि सोच्नु भएन ।कृपया अब चाहिँ सोच्नुस राजनीति खेल मात्र होईन दाऊ जित्ने राजनिती समाज परिवर्तनको  एकदम नै उज्यालो ऐना हो ।चेतनाले मात्र पुग्दैन सचेतना चाहिन्छ ।त्यो सचेतना आजको आवश्यकता छ ! दलहरूले  बुद्वि र विवेक विवेचना गरौ भोली बर्तमानलाई ईतिहासमा लेखौ ।

आजको कोभिड-१९ ले दिएको पीडा स्वास्थ्य क्षेत्रमा सबभन्दा पहिला लगानी विवेक र विवेचना प्रयोग गदै विकसित देशहरूमा झै गर्नु नसकेपनि केही सिकौ गरौ ।जीवन पहिला स्वस्थ्य र स्वास्थ्यसंग सम्बन्धि हरेक कुरामा ध्यान दिऊ । यस्ता नसोचेका महामारीको रूप फरक गदै  फेरि पनि आउन सक्छन । आउने पुस्ताहरूको लागि सम्म सोचेर केही उपलब्धिमुलक कामहरू स्वास्थ्य क्षेत्रमा गरौ नागरिकको हक जीवन विमामा लगानी गदै प्रभावकारी बनाउ । भोली यस्ता महामारी आउदा उपचार गर्नु सक्दैनन सरकारले भन्दा पनि सानोतिनो उपचारमा नागरिक पनि केही सचेत हुने वातावरण मिलाई दिनु । स्वास्थ्यकर्मीहरूले  माग गरेर होइन् हौसला बढाउने खालका सुविधा दिएर विदेश पलाएन हुनबाट रोक्नु सरकारकाको दायित्व हो ।देशमा स्वास्थ्य क्षेत्रका  विज्ञहरू उत्पादन गर्नु र उनिहरूको विज्ञता यहि देशमा परिचालन गर्नु ती विज्ञहरूलाई दिग्भ्मित हुन दिनु भएन । हरेक नागरिकले राज्य र सरकार छन भनेर महसुस गराउनु महामारीले सिकाएको सन्देश हो । बुझ्न जरूरी छैन र ? सरकारले यदि ईच्छा शक्ति भयो भने विकास टाढा पनि छैन ।

अनि कोभिड १९ – ले मृत्युवरण गरेका परिवार भित्र कति पीडा छ ! हामिले त्यो महशुस गर्नु पर्छ ! जतिले मृत्युवरण गर्नु भयो एकदम नै दु:ख  कुरा हुन वहाँ प्रती हार्दिक श्रद्धाञ्जली भन्न चाहान्छु ।परिवारजनमा आफन्त गुमाउदाको पीडा सहने सक्ने शक्ति प्रवाह गरून् उनै भगवानले कामना गरौ ।

आफन्तगुमाउदाको पीडा कति दर्दनाक हुन्छ भोग्नेलाई थाहा हुन्छ ।…बुझ्ने हो भने यो महामारीले त झन ठुलो सन्देश दिएको छ ।बाचेका हामी मानवहरूलाई जीवन जिउने तरीका सिकाएको छ । प्रकृतिले दिएको यो सन्देशलाई हामी बाचेकाहरूले  गम्भिर रूपमा लिन सक्यौ भने जीवन र जगत एकदम नै सरल छ ।

त्यसैले चाहिँ सत्ता हो वा पद प्रतीष्ठा आशक्त नहौ ।भोलि देश र सत्ता बोझ नहोस् नेताहरूलाई पनि त्यसैले देश छ हामी छौ अनि हामी भित्र हाम्रो कर्तव्य र जिम्मेवारी सम्झी प्रकृतिले दिएको यो सुन्दर देशमा तपाईहरू र हामी जनता दु: खी भएर भन्दा पनि कर्तव्यबोध गदै खुशी भएर जिउने वातावरण श्रृजना गरौ । पहिला सरकार अगाडि विकास र सम्भावना समृद्धि  बाटो देखाउने जनताले त्यसको अनुशरण गदै अगाडि बढौ । जनताको गालीले न सरकार अगाडि बढ्न सक्छ । न सरकार जनता विना एक्लै सत्ता चलाउन सक्छ ।

सत्ता त चलाउलान केही दिन जनता नै छैनन भने कसको लागि र किन ? सत्ता कसलाइ चलाउने ? गहन अध्ययन गरौ । आ-आफ्नो क्षेत्र र जिम्मेवारी सबैले सचेतनाको लागि जीवन बोझ  छ भने महत्त्वाकांक्षा धेरै छ भनेर बुझौ । सबैले जीवन सरल राखौ स्वस्थ्य बनौ । 

दुर्गा प्रधान ( लेखिका तथा गीतकार )

खबर एक्सप्रेस