आज:  | Sat, 20, Apr, 2024

कोरोनाबाट मृत्यू हुनेको संख्या बढयो

२०७७, १९ कार्तिक बुधबार २३:२२ मा प्रकाशित ( ३ साल अघि) १६०२८ पाठक संख्या

काठमाडौं, कात्तिक १९ गते । आज १३ हजार १४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३०९ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित सँगै नेपालमा कुल सङ्क्रमित एक लाख ८२ हजार ९२३ पुगेको छ । भने सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना पुगेको छ ।
मन्त्रालयको जानकारी अनुसार तीन हजार ८४४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । भने हालसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमित निको भएर घर फर्कि सकेका छन् ।
आज जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ३४ पुगेको छ ।

खबर एक्सप्रेस