आज:  | Mon, 30, Nov, 2020

कालीगण्डकी करीडोर निर्माणको क्रममा पाँच जनाको पहिरोमा पुरिएर ज्यान गयो

२०७७, १९ कार्तिक बुधबार २३:३४ मा प्रकाशित ( ३ हफ्ता अघि) ९३१ पाठक संख्या

नवलपरासी । कात्तिक १९ गते । कालीगण्डकी करीडोर निर्माणको क्रममा बुलिगंटार गाउँपालिका वडा नं ३ सिंगुवाको घुम्तीमा सडक निर्माणको काम गरेका पाँच जनाको पहिरोमा पुरिएर ज्यान गएको छ ।
आज अपरान्ह बुलिगंटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएर बुलिगंटार गाउँपालिका वडा नं ४ का एकै गाउँ र टोलका पाँच जनाले ज्यान गुमाएका छन् ।
मृत्यू हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ४ का बर्ष २८ का तुलबहादुर सारु मगर, बर्ष २० का गोपाल गरँजा मगर, बर्ष ४२ का सुनबहादुर पूलामी मगर, बर्ष २० का ताराबहादुर लुगेंली मगर र बर्ष २० का चेतबहादुर अस्लामी मगर रहेका छन् । भने गम्भीर घाईते सोही गाउँका बर्ष २१ का कृष्णा लुगेंली मगर र बर्ष २० का केबल सिहं लुगेंली मगर रहेको छन् ।

रासस

खबर एक्सप्रेस