आज:  | Sat, 20, Apr, 2024

नेपालमा कोरोनाबाट निको हुने संख्या ७९.८ प्रतिशत

२०७७, २० कार्तिक बिहीबार २१:२६ मा प्रकाशित ( ३ साल अघि) ९१७७ पाठक संख्या

काठमाडौं, कात्तिक २० गते । नेपालमा कोरोना भाइरसका तीन हजार ५१ जना सङ्क्रमित थपिएका छन् । आज १३ हजार ६८ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ८५ हजार ९७४ पुगेको छ । हाल ३६ हजार ५१४ जना सक्रिय सङ्क्रमित छन् । भने तीन हजार ४३० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४८ हजार ४०८ सङ्क्रमित निको भएर घर फर्केका छन् । नेपालमा अहिले ७९.८ प्रतिशत निको हुने दर रहेको छ ।
त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ५२ पुगेको छ ।

खबर एक्सप्रेस