आज:  | Mon, 30, Nov, 2020

कोरोना संक्रमित भन्दा घर फर्कनको संख्या धेरै आज १८ जनाको मृत्यू

२०७७, २१ कार्तिक शुक्रबार २१:१० मा प्रकाशित ( ३ हफ्ता अघि) ५९० पाठक संख्या

काठमाडौं, कात्तिक २१ गते । आज नेपालमा कोरोना भाइरसका दुई हजार ९०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्केका छन् ।
नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । भने ३४ हजार ९०५ जनामा कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा चार हजार पाँच सय सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५२ हजार ९०८ जना निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।

खबर एक्सप्रेस